मंगलबार, १७ कार्तिक २०८३
Test Ad 1
ताजा

के मान्छेको अस्तित्व छ ?

के मान्छेको अस्तित्व छ ?
Test Ad 2

व्यङ्गय
– मनोज गजुरेल
कोखामा दार पलाएको तथा सेतै फूलेको एउटा दुब्लो, पातलो भूतले सोध्यो ‘सरकार, हजुरलाई यो धर्तीमा मान्छेको अस्तित्व छ भन्ने कुरामा विश्वास लाग्छ ?’
भूतासनमा बिराजमान भूतराजले एक गिलास रक्त–सुप घुटुक्क पार्दै भन्यो – ‘प्यारा भूताहा भारदारहरु, यो एक्काइसौं शताब्दीमा पनि मान्छेसान्छेको विश्वास गर्नु भनेको प्रजातन्त्र र शान्तिको बाधक हो भन्ने कुरामा हामी तथा हाम्रा भारदारहरु सहमत हुनुपर्दछ ।’
भूतराजको जवाफले प्रश्नकर्ता भूत दंग प¥यो । अर्को एउटा अग्लो तथा जिउभरि 
रौं पलाएको भूत अघिदेखि भूतराजको सिङ्गमा तेल घसिरहेको थियो । उसले थप्यो ‘तर सरकार, आजकल सपनामा केही अनौठा जीवहरु आएर मलाई तर्साउन थालेका छन् । त्यसैले मलाई त यस धर्तीमा कहीं न कहीं मान्छेको अस्तित्व छ कि भन्ने लाग्छ सरकार ।’
निधारमा पुच्छर पलाएको हाँउठ्दो लाग्ने यो भूतको विचार सुन्नासाथ मान्छेको हड्डीमा गाँजा तान्दै बसिरहेको भूत–युवराज बम्कियो ‘मान्छेलाई मान्छेकै त विश्वास छैन भने हामी किन मान्छेको भ्रममा 
पर्ने ? एम आई राइट् ड्याड ?’ युवराजको प्रश्नमा भूतराजले मुन्टो हल्लायो मात्र । 
यो अनौठो घटना भूत–अधिराज्यको भूत–दरबारमा गएको शुक्रबार भएको थियो । त्यो दिन भूतराजले आफ्ना नजिकका भूतभारदारहरुका लागि विशेष भूतभोजको आयोजना गरेको 
थियो । 
रक्तपानको नसामा टिल्ल भएको मान्छेको छालाको धोती लगाएको अर्को भूत बोल्न लाग्यो ‘सरकार आजकल एक्ले दुक्लै शहर बजार जानै डर लाग्छ मान्छेले तर्साउछ भनेर । यो मध्यरातमा मान्छेको कुरा गरेर मलाई डराइदिनु भएन सरकार ।’
तत्कालै भूत–युवराज उठ्यो र गर्जियो ‘यो धर्तीमा भूतबाहेक अरु कसैको पनि अस्तित्व छैन । यदि अस्तित्व छ भने पनि छैन । एक छैन, दुई छैन, तीन छैन ।’ यति भनेर भूत–युवराजले आकाशमा भूत फायर ग¥यो । 
‘निरंकुशतन्त्र मुर्दावाद.....
प्रजातन्त्र जिन्दावाद..........
गणतन्त्र ल्याउँछौं ल्याउँछौं ।’
बाहिरबाट आएको यो डरलाग्दो आवाजका कारण समारोहमा एक्कासी सन्नाटा छाउन पुग्यो । भूतहरु कोही चिहानभित्र लुकिसकेका थिए भने कोही सिङ्ग तथा दाराहरु फुकालेर सुइकुच्चा ठोकिसकेका थिए । सबैभन्दा रमाइलो कुरो त के थियो भने भरखरसम्म एक्काइसौं शताब्दीको कुरा गर्ने भूत सेनापतिले स्यालको छालाबाट बनेको सुरुवाल नराम्रोसँग बिगारीसकेको थियो । 
बाहिरको आवाज बन्द भएपछि फेरि भूत भेलामा यथास्थिति आयो । एउटा ओठे भूतले भन्यो – ‘सरकार, यो मात्र भ्रम हो । हामी आफै कमजोर भएको हौं सरकार । यो मान्छेको अस्तित्व हैन, हाम्रो कम जोरी डराइरहेको छ सरकार । 
भूतराजको प्रतिक्रिया आएकै थिएन बाहिरबाट फेरि आवाज आयो – ‘मण्डले कुण्डले.... मुर्दावाद ।’ सुन्नासाथ भर्खर बोल्दै गरेका भूत ठाउँको ठाउँ बिलाइसकेको थियो । यता भूत युवराज एक्लै बकबकाइरहेको थियो – म छोड्िदन, हात्तीले कुल्चिदिन्छु । म हट्दिन, गाडीले पेलिदिन्छु । म झुक्दिन, गोलीले उडाइदिन्छु । 
युवराज भूत लगातार बर्बराइरहेपछि समारोहमा फेरि सन्नाटा छायो । एकछिनपछि सन्नाटालाई चिर्दै एउटा अलि बुज्रुक भूतले भन्यो – ‘भूतझाँक्री ल्याउनु प¥यने, पक्कै युवराजलाई मान्छे लागेको हुनुपर्दछ सरकार ।’ उसको कुरो सुन्नासाथ कोखामा दारा पलाएको भूत जंगियो – ‘मान्छे....मान्छे....मान्छे ! यो मान्छेको भ्रममा परेर भूत–अधिराज्यले कहिल्यै पनि प्रगति गर्न सकेन । अझैपनि मान्छेको चक्करमा पर्ने हो भने हामीले आफूलाई भूत भन्नु बेकार छ, मान्छे नै भने पनि भैगयो नि सरकार ।’
बाहिरबाट फेरि आवाज आयो– ‘लोकतन्त्र जिन्दावाद ।’
यसपटक चाहिँ यो आवाज सुन्नासाथ भर्खर बोल्ने भूत पनि बेहोस भइसकेको थियो । कोही भूतभारदारहरु ठाउँको ठाउँ बिलाइरहेका छन् । कोही सल्किदै जल्दै गरिरहेका छन् । यता भूत–युराजको बर्बराउने क्रम रोकिएको छैन । परिस्थितिलाई मध्यनजर राख्दै भूतराज बोले – ‘हामीलाई पनि मान्छो विश्वास छैन । तरपनि युवराजको मानसिक अवस्थालाई मध्यनजर राख्दै तुरुन्तै भूतझाँक्री 
बोलाउनु । 
महाराजको आदेश पाउनासाथ भूतसचिवले बाघको बंगाराद्धारा निर्मित फोन घुमाए – ‘हेलो, म भूत दरबारबाट बोल्दैछु । यहाँ तपाइँ तुरुन्तै हाजिर हुनु भन्ने महाराजको आदेश छ ।’
आदेश पाउनासाथ भूतझाँक्री तयार हुन थाल्यो । एउटा खुट्टो एकातिर, अर्को खुट्टो अर्कैतिर, हात एउटा कुनामा, यसरी छरपष्ट सुतिरहेको भूतझाँक्री एक सेकेण्डमै सिंगो कंकालमा परिणत भयो र यामानको डरलाग्दो स्यालमा सवार भई भूतदरबारमा हाजिर भयो । 
पाँचहजार वाटको बिजुलीमा रंगीबिरंगी बत्तीहरु ! नाङ्गै–भुतुङ्गै भूतपरीहरुको उत्तेजक नृत्य ! अत्याधुनिक र डरलाग्दो पोशाकमा झाँक्री, सायद त्यो भूतदरबारभित्रको डिस्को हुनुपर्छ, त्यहाँ उफ्रिदै भूतझाँक्री भट्याउन थाल्यो –
‘ढ्यांग........ढ्यांग........ढ्यांग........
तिमी वनमा बस्ने, मोर्चा कस्ने.........
शहरमा बस्ने, आन्दोलन उठाउने....
गाउँमा बस्ने, जनता जुटाउने
स्वदेशमा बस्ने, अवरोध गर्ने
विदेशमा बस्ने, विरोध गर्ने
 

Test Ad 2
तपाईंको प्रतिक्रिया
कुल 1 प्रतिक्रिया
टिप्पणीहरू
0

टिप्पणी गर्न कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी प्राप्त भएको छैन।