मंगलबार, १७ कार्तिक २०८३
Test Ad 1
ताजा

डेंगु सबैका लागि अति नै खतरा

डेंगु सबैका लागि अति नै खतरा
Test Ad 2

नेपालमा निकै साधारण मानिएको डेंगु आजभोलि निकै खतराको रूपमा प्रचार गर्न थालिएको छ । यसको मूल कारण भनेको एक व्यक्तिबाट अर्कामा सर्नु हो ।
एडिस एजिप्टाई भन्ने लामखुट्टेको कारण सर्ने यो रोगबाट बच्ने एउटै उपाय भनेको सचेतना हो । हामी हाम्रो वरपरको वातावरण सफा गरेर बस्न सक्यौं भने लामखुट्टे देखिख डराउनु पर्ने अवस्था रहँदैन । यो लामखुट्टे सफा पानीमा रहने भएकाले पानी जम्ने ठाउँदेखि होसियारी अपनाउनु पर्छ । किन्नभने सबैको घरमा पानी जमाउने र बचत गर्ने बानी हुन्छ । यसरी बचाउनुको मुख्य कारण पनि नेपालमा पानीको अभावले नै हो ।

यदि हामीले पानी जम्मा गरेपनि ढकनीले छोप्ने हो भने यो एडिस लामखुट्टेबाट सजिलै बच्न सकिन्छ । त्यसैले जनचेतना नै मुख्य कुरा हो । एउटा कुरा यस रोगको औषधि छैन । मात्र ज्वरो कम गर्ने सिटामोल या पारासिटामोलको प्रयोगबाट नियन्त्रणको उपाय गर्ने हो । त्यसैले औषधि सेवनमा ध्यान भन्दा पनि वरपरका फोहोरपात हटाउने र पानी भाँडो छोप्ने बानी गर्ने हो भने डेंगुबाट बच्न सकिन्छ ।

यो समय नेपालमा महामारीको रूपमा फैलिएको हुनाले सतर्क र सजग हुनु पर्छ तर त्रसित वातावरण बनाउन आवश्यक छैन । स्थानीय निकाय सबै मिलेर आ-आफ्नो ठाउँबाट प्रयास गर्ने हो भने पक्कै पनि यो रोगबाट बच्न सकिन्छ । आजभोलि विद्यालय, स्थानीय निकाय, संघसंस्था सबैको पहलबाट सचेतना कार्यक्रम भइरहेका छन्, सहयोगी भएको छ ।

Test Ad 2
तपाईंको प्रतिक्रिया
कुल 0 प्रतिक्रिया
टिप्पणीहरू
0

टिप्पणी गर्न कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी प्राप्त भएको छैन।